६२७ पालिकाको मतगणना सकियो, कुन पार्टीले कति जिते ?



काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत ६२७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६२७ स्थानको अन्तिम नतिजा आएको हो ।

नतिजा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।

पछिल्लो विवरणअनुसार कांग्रेसले २७७, एमालेले १७३, माओवादी केन्द्रले १११, जसपा १८, नेकपा एकीकृत समाजवादीले १४, लोसपा ७, राप्रपा ४ र २३ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

कांग्रेसले ४६ स्थानमा अग्रता लिएको छ भने एमालेले २५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले १०, जसपाले १७, नेकपा एकीकृत समाजवादीले ५, लोकतान्त्रिक समाजवादी पार्टीले ५ स्थानमा अग्रता बनाएका छन् । अन्य ११ ठाउँमा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्