रतुवामाई नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले विजयी



विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रतुवामाई नगरपालिकामा नेपाली कांग्रेसका नागेश्वर प्रसाद सिंह निर्वाचित भएका छन् ।

सिंहले नेकपा एमालेका दुर्गाबहादुर बिस्टलाई पराजित गरेका हुन् । सिंहले १३१३५ मत ल्याउँदा नेकपा एमालेका विष्टले ११२५२ मत मात्र प्राप्त गर्न सकेन ।

उपप्रमुख भने नेकपा एमालेले जितेको छ। यसअघि सोही पालिकामा उपप्रमुख रहेकी दमयन्तादेवी चुँडाल निर्वाचित भएकी हुन् । उनले ९३७४ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका सुमन कालीकोटेले ८४७९ मत मात्र प्राप्त गर्न सके ।

प्रतिक्रिया दिनुहोस्