शहीदनगरको मेयरमा समाजवादी र उपमेयरमा काँग्रेस विजयी



धनुषाको शहीदनगर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिनेश प्रसाद यादव निर्वाचित भएका हुन् । उनका दिनेशले ५ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुधीर कुमार गोइतले ४ हजार १०५ मतमात्र प्राप्त गरेका छन् ।

यस्तै नगरपालिकाका निवर्तमान मेयर माओवादी केन्द्रका उदयकुमार यादव ४ हजार ७७ मत ल्याएर तेस्रो स्थान बनाएका छन् । त्यस्तै उपमेयरमा काँग्रेसकी सुनिता कुमारी सिंह ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डल ४ हजार ७९१ मतमा सिमित बनिन् ।

प्रतिक्रिया दिनुहोस्