पोखरामा ५० हजार मत गनियो, धनराज दुई हजार बढीले अगाडि



काठमाडाैँ । पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । ५०११७ मत गनिसक्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २०३३ पुर्‍याएका हुन् ।

आचार्यले २०७४९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १८३६६ मत ल्याएर पछ्याइरहेका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २०९७७ मतसहित अग्रता बनाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले २०९६३ मत ल्याएर पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्