प्रचण्डको निर्वाचन क्षेत्रमा माओवादीको हार, माडीको प्रमुखमा एमालेकी ताराकुमारी विजयी



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेकी उम्मेद्वार ताराकुमारी काजी महतो विजयी भएका छन् । यसअघि माओवादीले जितेको माडीको प्रमुखमा नेकपा एमालेले बाजी मारेको छ । उनले निकटतम प्रतिद्वन्दीलाई २१७२ मतले पराजित गरेका छन् ।

निवर्तमान उपमेयरसमेत रहेकी ताराकुमारीले ९,९०१ मत प्राप्त गर्दा प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेले ७,७२९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने नेपाली काँग्रेसका खेमप्रसाद महतो विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्