संसदीय समितिमा प्रस्तावित दुई मुलुकबीच राजदूत : कसले के भने ?



सका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताएका हुन् ।

उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख गरे । नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदूत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराए ।

उनले भने, ‘रुस एउटा यस्तो देश हो, भारतसँग पनि अत्यन्त निकट सम्बन्ध छ । र, चीनसँग पनि उसको स्ट्राटिजिक रिलेसन छ । चीन र भारत दुवैसँग अत्यन्त निकट रहेर रुसले काम गरिराखेको छ । यसको अन्तराष्ट्रिय छवि के छ भने हिन्दु स्थानसँग पनि अत्यन्त राम्रो सम्बन्ध छ । चीनमा पनि एकदम राम्रो छ । त्यो भएकाले हामी नेपाल पनि चीन र भारतसँग मिलेरै जानुपर्ने देश हो । हामी यो भन्दा अलग भएर जान सक्दैनौं । चीन र भारतलाई सन्तुलन नराखिकन हामी जानै सक्दैनौं । त्यसरी सन्तुलन राख्दाखेरी हामीले रुससँग पनि सम्बन्ध राम्रो राख्नुपर्ने जरुरी देखिन्छ । रुससँगको सम्बन्धलाई राजनीतिक रुपमा यसरी हेर्न सकिन्छ । राजनीतिक सम्बन्ध बढाउन पहल गर्नेछु ।’

प्रस्तावित राजदूत तुलाधरले रुसको पर्यटक भित्र्याउन र नेपालको हस्तकलाका बस्तुहरु निर्यात गरेर निर्यात व्यापारमा योगदान पु¥याउन पनि आफू लागिपर्ने बताए । त्यसैगरी बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत शर्मिला पराजुली ढकालले आफूले राजदूतको रुपमा कुनै पनि गलत काम नगर्ने प्रतिवद्धता व्यक्त गरिन् । ओमानमा राजदूतको जिम्मेवारी लिँदा आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै उनले स्पेनमा पनि राजदूतको रुपमा कुनै पनि गल्ती नगर्ने प्रस्ट्याइन् । प्रस्तावित राजदूत ढकालले देश र जनताप्रति उत्तरदायी भएर लिइएको राजदूतको जिम्मेवारीलाई आफूले अन्यथा ठाउँमा दुरुपयोग गर्न नमिल्ने समेत बताइन् । प्रस्तावित राजदूत ढकालले हाई स्किल वर्करको व्यवस्थापनको कामलाई आफूले जोड दिने योजना पनि समितिमा पेश गरिन् ।

प्रतिक्रिया दिनुहोस्