कैलाली मोहन्याल गाउँपालिकामा माओवादी विजयी



कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले तीन हजार एक सय ३४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी थापाले दुई हजार सात सय १५ मत प्राप्त गरेका हुन । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कमलबहादुर साउद निर्वाचित भएका छन् । उनले तीन हजार तीन सय ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरस्वती देवी रावल विष्टले दुई हजार तीन सय तीन मत प्राप्त गरेकी थिइन् । सो गाउँपालिकामा सात हजार सात ९० मत खसेको थियो

प्रतिक्रिया दिनुहोस्