बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेको बर्चस्व : प्रमुखमा मिठाराम अधिकारी, उपप्रमुखमा अनिता लामा विजयी (मतपरिणामसहित)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले आफ्नो बर्चस्व कायम राख्दै नगरप्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामाले जित सुनिश्चित गरेका छन् ।

नगरप्रमुखमा निर्वाचित अधिकारीले नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्दी बिनोद चालिसेलाई २७३८ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् भने उपप्रमुखमा पनि अनिता लामाले नेपाली काँग्रेसकै उम्मेद्वार रमिला वाग्लेलाई २३४२ मतले पराजित गरेका हुन् । 

नगरप्रमुखमा १४२५० मत प्राप्त गर्दै मिठाराम अधिकारी विजयी हुँदा उनकाप्रतिद्वन्दी विनोद चालिसेले जम्मा ११५१२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा १४३१४ मतले अनिता लामा विजयी हुँदा काँग्रेसकी रमिला वाग्ले ११९७२ मतका साथ उपविजेता बनिन् ।

बूढानीलकण्ठका १३ वडामध्ये १० वडामा नेकपा एमाले विजयी भएको छ भने दुईवटामा नेपाली काँग्रेस र एउटामा स्वतन्त्रले जित हासिल गरेको छ । बूढानीलकण्ठ–१, ७, ८, १०, १२ र १३ मा नेकपा एमालेले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । त्यस्तै वडा नं. २, ६, ९ र ११ को अध्यक्षमा आफ्नो दावेदारी कायम गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा निर्वाचित मिठाराम अधिकारी र अनिता लामाको कुल मत परिणाम :

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

बहुप्रतिभाका धनी लोकप्रिय व्यक्ति मिठाराम अधिकारी

उपत्यकामै नेकपा एमालेको शान रहेको बूढानीलकण्ठ नगरपालिका : ‘म्यान अफ दी इलेक्सन’मा नवराज भट्टराई

बूढानीलकण्ठ १ मा एमालेका सुरेन्द्र लामाको प्यानल नै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ-२ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठ विजयी : सदस्यमा नेपाली कांग्रेस (मतपरिणामसहित)

बूढानीलकण्ठ-३ काे अध्यक्षमा स्वतन्त्र उम्मेद्वार आकाश धिताल विजयी

बूढानीलकण्ठ–४ मा नेपाली कांग्रेसको प्यानलै विजयी

बूढानीलकण्ठ-५ को अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण साह ठकुरी निर्वाचित

बूढानीलकण्ठ–६ को अध्यक्षमा नेकपा एमालेका रवि खड्का विजयी

बूढानीलकण्ठ–७ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–८ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–९ को अध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी

बूढानीलकण्ठ १० मा नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी (मतपरिणामसहित)

प्रतिक्रिया दिनुहोस्