माओवादी केन्द्रका सहयात्री पौडेलले भने- आफ्ना उम्मेदवारलाई हराएर पुनः पार्टीमा फर्किने सपना नदेख्नु चेतावनी



नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कुनै बागी नामक गद्दारले आफ्नो उम्मेदवारलाई हराएर पुन पार्टीमै फर्किने सपना नदेख्न चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रदेश अध्यक्ष पौडेलले पार्टीका बागी उम्मेदवारप्रति आक्रोश पोखेका हुन्।

पार्टीलाई बरु जिरोबाट निर्माण गर्न सुरु गरिने बताउँदै पौडेलले यस्ता फोहरलाई सफा गरेरै छोड्ने दाबी गरेका छन्।

‘पार्टीभित्र सिन्को नभाँची पार्टी हैसियत सदा समातेर बस्ने आसनग्रहणको श्रृखंला झुक्दिापनि उदुम मच्चाउने चुनाव आउनासाथ आफ्नो हैसियतको मूल्य तोकेर विपक्षीसँग मोलमोलाई गर्दै हिंड्ने पाइयो’ आक्रोश पोख्दै पौडेलले लेखेका छन्,‘पार्टीभित्र बसेर विपक्ष उम्मेदवारलाई भोट माग्ने,टाउको फलानाले पुच्छर फलनालाई भन्दै जनमतका ट्वीस्ट गर्ने र पार्टीका उम्मेदवार हारेकोमा एक शब्द सहानुभूति नदिइ विपक्षीको विजय उत्सव मनाउने सबै खाले गद्दाहरुले समयमै पार्टी पार्टी छोडेको घोषणा गर्नुपर्छ।’ चुनाव जित्न नसकेपछि पार्टीको कुनैपनि निकायसँग सल्लाह नगरेर आफूले जित्न नसक्ने भएपछि अर्को पार्टीलाई मत हाल्न बल गर्नेहरु समेत अनुहार नदेखाउन पौडेलले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्