हेटौँडा उपमहानगरपालिका : लामाले अग्रता बनाउँदा कसको कति मत ?



हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । मेयरमा हालसम्म ३७,९९४ मतगणना हुँदा मिना लामाले ११८७९ मत पाएकी छन् भने राप्रपाका दिपक सिंहले ११०४५ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा एमालेका अनन्त पौडेल रहेका छन् । उनले १०७४४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ११८९५ मत पाउँदा काँग्रेसका राजेश बानियाँले १६९६७ मत पाएका छन् । यस्तै राप्रपाकी इन्दिरा न्यौपानेले २७७८ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्