माधव नेपालको गृहजिल्ला राजदेवीको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी



रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपेमयेरमा नेकपा एकीकृत समाजवादी निर्वाचित भएको छ । राजदेवीको मेयरमा भीखारी यादव ६ हजार ९९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् भने उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् ।

मेयरमा निर्वाचित भिखारीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७१७ मत प्राप्त गरे । त्यस्तै उपमेयर राजकुमारीले ६ हजार १६४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार ४९ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्