बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी



बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तिलकराम लम्साल र उपमेयरमा एमालेका विनाकुमारी भट्टराई निर्वाचित भएका छन् । मेयर लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी काँग्रेसका नेत्रराज आचार्यले ६८१८ मत लयाए । उपमेयरमा बिनाकुमारी भट्टराईले ८ हजार १७६ मत ल्याइन् भने प्रतिस्पर्धी काँग्रेसका मञ्जुकुमारी चौधरी ७ हजार ६७४ मतमात्र ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्