सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमालेका पार्वती सुनुवार र राजु बराल निर्वाचित



काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष उम्मेद्वार पार्वती सुनुवार र उपाध्यक्षका राजु बरालले सत्तापक्ष गठबन्धनलाई पराजित गर्दै विजय हासिल गरेका छन् ।

गत स्थानीय निर्वाचन २०७४ मा पार्वती सुनुवार गाउँपालिका उपाध्यक्षमा र राजु बराल वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । राजु बरालले यसअघि नगर प्रवक्ताको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

स्थानीय तह निर्वाचनमा फिक्कल गाउँपालिमा गठबन्धन गरिएतापनि आफ्नै पार्टीका नेता कार्यकर्ताले धोका दिएका कारण हार व्यहोर्नुपरेको फिक्कल कांग्रेसको अरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्