रुपन्देहीको कञ्चनमा काँग्रेसका ढकाल र माओवादी केन्द्रका थापा निर्वाचित



रुपन्देहीको कञ्चन गाउँपालिकाको मतदानको अन्तिम परिणाम आएको छ । कञ्चन गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित भएका छन । ढकाल ९ हजार ८५ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएकी छन । थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छिन् ।​ कञ्चन गाउँपालिकामा २८ हजार ९ सय ७८ मतदाता रहेकोमा २० हजार २ सय ४२ जनाले मताधिकार प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्