मोरङको​ लेटाङ नगरपालिमा मेयर/उपमेयर एमालेको कब्जामा



मोरङको लेटाङ नगरपालिकाको मेयर र उपयमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भुपेन्द्रकुमार लावती १० हजार २२७ मत र उपमेयरमा कृष्णकुमारी पोखरेल ९ हजार ४६० मतसहित विजयी भएका हुन् ।

मेयरका प्रतिस्पर्धी नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए भने उपमेयर प्रतिस्पर्धी माओवादीका कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत मात्र ल्याए ।

प्रतिक्रिया दिनुहोस्