सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा नेकपा एमालेका शंकरराज बराल निर्वाचित



काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा नेकपा एमालेका शंकरराज बराल निर्वाचित भएका छन् ।

पार्टीभित्र बैचारिक र सरल नेताका रुपमा परिचित बरालले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार पुष्पबहादुर कार्कीलाई २८१ मतान्तरले पराजित गरेका छन् ।

अन्तिम मत परिणाम अनुसार एमालेका बरालले ४७४४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार कार्कीले ४४६३ मत प्राप्त गरेका छन् ।

गोलञ्जोर गाउँपालिका उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपानेले ४२४२ मत ल्याउँदा एमालेकी ममता देवकोटाले ३८३८ मत ल्याएका छन् । उनी न्यौपानेसँग ४०४ मतले पराजित भईन् ।

प्रतिक्रिया दिनुहोस्