उपत्यकामै नेकपा एमालेको शान रहेको बूढानीलकण्ठ नगरपालिका : ‘म्यान अफ दी इलेक्सन’मा नवराज भट्टराई



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं उपत्यकाभित्रै नेकपा एमालेले बूढानीलकण्ठ नगरपालिकामा प्राप्त गरेको विजयी शान बनेको देखिन्छ ।

१३ वडामा विभाजित बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले प्यानलसहित वडा नं. १, ७,८,१०,१२ मा विजय हासिल गरिसकेको छ भने वडा नं. १३ मा प्यानलसहित विजयउन्मुख रहेको छ ।

नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासी बनेका बूनपा २ का राजेन्द्र श्रेष्ठ, बूनपा ६ मा रवि खड्का, बूनपा ९ मा सुमित्रा त्रिपाठी पाण्डे र बूनपा ११ मा राजु अधिकारी वडाध्यक्षमा निर्वाचित हुन सफल भए ।

यसरी हेर्दा पार्टीले वडाध्यक्षमा उठाएका उम्मेद्वारहरु जनप्रिय र भरोषायोग्य देखिए । जसमध्ये बूनपा ६ का रवि खड्का नयाँ उम्मेद्वार हुन् भने बाँकी सबै गत स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् ।

एमालेले छानेका नगरप्रमुखका उम्मेद्वार मिठाराम अधिकारी र उपप्रमुखका उम्मेद्वार अनिता लामा नयाँ अनुहार भएपनि अत्याधिक मतका साथ विजयन्मुख देखिन्छन् ।

बूढानीलकण्ठको मत परिणाममा वडा नं. १० सधै अगाडि देखिन्छ । अघिल्लो निर्वाचनमा समेत वडाध्यक्षका उम्मेद्वार नवराज भट्टराईले फराकिलो मतान्तरले निर्वाचित भएकोमा यसपटक पनि विगतको इतिहास दोहोर्याउँदै खसेको कुल ५१३० मतमध्ये २५८१ मतका साथ निकटतम प्रतिद्वन्दी भन्दा १२७० मतको फराकिलो मतान्तरले निर्वाचित भए ।

पूर्व नगरप्रवक्ता समेत रहेका बूढानीलकण्ठकै युवा वडाध्यक्ष नवराज भट्टराईले विगतमा गरेको जनप्रिय काम र उनको गतिशिलतालाई वडावासीले फराकिलो मतान्तरले अनुमोदित गरेपछि वडाध्यक्ष नवराज भट्टराई यस निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाभित्र ‘म्यान अफ दी इलेक्सन’ बनेका छन् ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठ १० मा नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

बूढानीलकण्ठ १ मा एमालेका सुरेन्द्र लामाको प्यानल नै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ-२ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठ विजयी : सदस्यमा नेपाली कांग्रेस (मतपरिणामसहित)

बूढानीलकण्ठ-३ काे अध्यक्षमा स्वतन्त्र उम्मेद्वार आकाश धिताल विजयी

बूढानीलकण्ठ–४ मा नेपाली कांग्रेसको प्यानलै विजयी

बूढानीलकण्ठ-५ को अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण साह ठकुरी निर्वाचित

बूढानीलकण्ठ–६ को अध्यक्षमा नेकपा एमालेका रवि खड्का विजयी

बूढानीलकण्ठ–७ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–८ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–९ को अध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी

बूढानीलकण्ठ–११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी (मतपरिणामसहित)

प्रतिक्रिया दिनुहोस्