इन्धनको मूल्यसँगै फेरि बढ्यो गाडी भाडा, कुन गन्तव्यमा कति ?



काठमाडौँ । पेट्रोलियम इन्धनको मूल्य वृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार साँझ सूचना प्रकाशित गरेर भाडा बढाएको जानकारी गराएको हो । विभागको सूचना अनुसार जेठ ४ गते बुधबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधानको भाडा बढेको हो ।

छोटो दूरीमा चल्ने यातायातको भाडा नबढेको समेत विभागले जनाएको छ ।

३ दिनअघि मात्रै नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको थियो ।

इन्धनको मूल्य एकै पटक ५ प्रतिशतसम्म बढे वा घटे भाडा पनि सोही आधारमा थपघट गर्ने प्रावधानअनुसार भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।

यात्रुवाहक सवारी साधानमा ३.५ प्रतिशत भाडा बढाइएको र पहाडी सडकमा चल्ने मालवाहक सवारीमा ४.६ प्रतिशतका दरले भाडा वृद्धि गरिएको छ । त्यस्तै, तराईको सडकमा चल्ने मालवाहकमा ५.१ प्रतिशत भाडा बढेको छ ।

कुन गन्तव्यमा कति भाडा ?

प्रतिक्रिया दिनुहोस्