दाङको राप्ती गाउँपालिका अध्यक्षमा माओवादी विजयी



दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट विजयी भएका छन्। लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको राप्तीमा माओवादी केन्द्रका विष्ट विजयी भएका हुन्।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीचको तालमेलमा विष्ट ६४२६ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा गठबन्धनबाट जनमोर्चाका उम्मेदवार केशवराज खनालले ४२६४ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा एमालेकी कमलापति चौधरीले ६०४१ मत ल्याएर निर्वाचित भएकी छन्।

प्रतिक्रिया दिनुहोस्