सल्यानको बनगाड कुपिण्डेमा एमाले पराजित माओवादी केन्द्र विजयी



सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले पराजित गरेका हुन् ।

सल्यानमा दुई ठूला नेता एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका गुलाबजङ शाहको गृह पालिका समेत हो । यहाँ एकीकृत समाजवादी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनका तर्फबाट माओवादीका कर्णबहादुर बुढाथोकीले ७ हजार ४ सय ६६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत पाए ।

०७४ म पुनसँगै पराजित बनेका बुढाथोकीले यो पटक पुनलाई झण्डै २ हजार ७४६ मतान्तरले पराजित गरे । यस्तै उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसका पुरुषोत्तम आचार्यले ५ हजार ७ सय ३५ ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्