कैलालीको बर्दगोरियाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी



कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मंगलबार सम्पन्न मतगणनामा अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका हुन् ।

एमालेका उम्मेदवार कर्ण वहादुर कुँवर ५८४२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका गणेश राज गिरी ४५६९ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्