सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीको अध्यक्षमा काँग्रेस विजयी



सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेस उम्मेदवार भक्तध्वज बोहरा विजयी भएका हुन् ।

बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए ।
गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काग्रेसकी गिता कुमारी नेपाल ४ हजार १५६ मतसहित निर्वाचित भइन् ।

प्रतिक्रिया दिनुहोस्