बूढानीलकण्ठ–९ को अध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ को अध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दीलाई ७५ मतले पराजित गरेका छन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित पाण्डेले ९४८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेश कोइरालाले ८७३ मत प्राप्त गरेका छन् । वडा नं. ९ को चार सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको ईतिहासमा सुमित्रा त्रिपाठी पाण्डे नगरकै पहिलो महिला वडाध्यक्ष बन्न सफल भएका छन् ।

बूढानीलकण्ठ ९ को अन्तिम मतपरिणाम :

प्रतिक्रिया दिनुहोस्