बूढानीलकण्ठ–८ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा नेकपा एमालेका सुमन तामाङ नेतृत्वको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ४५४ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् ।

प्राप्त बूनपा ७ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार सुमन तामाङ १५२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रत्यासीले १०६८ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा सुमन तामाङ विजयी हुँदा नेकपा एमालेकै महिला वडा सदस्यमा मैना पराजुली, दलित महिला सदस्यमा गोमा मंग्रान्ति, खुल्ला सदस्यहरुमा विनोद थापा र सविन अधिकारी निर्वाचित भएका छन् ।

बूढानीलकण्ठ ८ को मतपरिणाम

बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेद्वारले अग्रता कायम गरेका छन् । वडा नं. १ देखि ८ सम्मको प्राप्त मत परिणाम अनुसार १७०१८ मत गन्दा एमालेका मिठाराम अधिकारीले ६०९१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका विनोद चालसे ५२८ मतले पछाडि छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै अनिता लामाले ६५६७ मत प्राप्त गर्दै नेपाली काँग्रेसकी रमिला वाग्लेलाई ५०४ मतान्तरले पछि पारेका छन् ।

यो पनि पढ्नुहोस्

बहुप्रतिभाका धनी लोकप्रिय व्यक्ति मिठाराम अधिकारी

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

‘म नेकपा एमालेको नगर प्रतिवद्धता पत्र अक्षरस कार्यान्वयन गर्छु’ : मिठाराम अधिकारी (पूर्णपाठसहित)

ज्येष्ठ नागरिकको आशिर्वाद लिदै टोलटोलमा नेकपा एमालेका उम्मेद्वारहरु

एमालेले यसकारण बूढानीलकण्ठ नगरप्रमुखमा मिठाराम अधिकारीलाई रोज्यो

नेकपा एमाले बूढानीलकण्ठको शिक्षामैत्री प्रतिबद्धता पत्र

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

प्रतिक्रिया दिनुहोस्