बूढानीलकण्ठ–७ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा नेकपा एमालेका बस नारायण महर्जन नेतृत्वको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ५३१ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

प्राप्त बूनपा ७ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार बस नारायण महर्जनले १०१५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामराजा महर्जनले जम्मा ४८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै बस नारायण महर्जन वडाध्यक्षमा विजयी हुँदा नेकपा एमालेकै महिला वडा सदस्यमा राममाया महर्जन, दलित महिला सदस्यमा अनिता मिजार, खुल्ला सदस्य १ मा झपट बहादुर कार्की र खुल्ला सदस्य २ मा सावित्री ढकाल निर्वाचित भएका हुन् ।

बूढानीलकण्ठ–७ को अन्तिम मत परिणाम :

प्रतिक्रिया दिनुहोस्