बूढानीलकण्ठ-५ को अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण साह ठकुरी निर्वाचित



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसका कृष्ण साह ठकुरी निर्वाचित भएका छन् । शाहले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार नारायण दुलाललाई ३३ मतले पराजित गरेका हुन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार कृष्ण साल ठकुरीले ५१४ मत प्राप्त गरेका छन भने नारायण दुलालले ४८१ मत प्राप्त गरेका छन् । बूनपा–५ मा नेपाली कांग्रेसले वडाध्यक्ष सहित खुल्ला सदस्य समेतमा विजयी हासिल गरेको छ ।

नेकपा एमालेले भने महिला सदस्य, दलित महिला सदस्य र र खुल्ला सदस्यमा विजयी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्