कागेश्वरी मनोहरा–१ मा नेकपा एमालेको प्यानलै बिजयी



काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेद्वार मकुन्द प्रसाद गजुरेल नेतृत्वको प्यानलै विजयी भएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार अध्यक्षमा मुकुन्द प्रसाद गजुरेल र वडा सदस्यहरुमा कुमार खड्का, उजेली तामाङ, प्रेम तामाङ र कविता रसाइली बिजयी भएका हुन् । गत स्थानीय तह निर्वाचनमा पनि मकुन्द प्रसाद गजुरेलकै टिमले विजय हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्