बूढानीलकण्ठ–४ मा नेपाली कांग्रेसको प्यानलै विजयी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका उम्मेदवार श्रीराम केसी नेतृत्वको प्यानलै विजयी भएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा श्रीराम केसी, सदस्यहरुमा कृष्ण खत्री, पवन कार्की, सुमिता खड्का र मञ्जु परियार बिजयी भएका हुन् ।

वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार केसीले १२४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ८०२ मत मात्रै ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्