ठाटीकाँधमा एमालेका प्रदेश अध्यक्षकी श्रीमतीलाई उछिन्यो काँग्रेसले



दैलेखको ठाटीकाँध गाउँपालिकामा नेपाली काँग्रेसले ८४ मतले नेकपा एमालेलाई उछिनेको छ । दुई वटा वडाको गरी एक हजार ६१३ मत गणना गर्दा काँग्रेसका रक्षबहादुर शाहले ६०३ मत पाएका छन् ।

एमालेबाट कर्णाली प्रदेश अध्यक्ष एव पूर्व मन्त्री विनोद कुमार शाहकी श्रीमती लक्ष्मी शाहले ५१९ मत पाएकी छन् । ०५४ मा एमालेको गढ मानिएको यहाँ यो पटक सुरुवातीमै काँग्रेसले एउटा वडा जितेको छ । वडा नं.–४ मा काँग्रेसका केयरसिंह कठायतले जितेका छन् । यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीका निर्मल रावतले ४९१ मत पाएका छन् । यो पालिका कर्णालीका सभामुखको पालिका समेत हो ।

प्रतिक्रिया दिनुहोस्