बूढानीलकण्ठ-३ काे अध्यक्षमा स्वतन्त्र उम्मेद्वार आकाश धिताल विजयी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन ।

गत स्थानीय तह निर्वाचन २०७४ मा धिताल नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित पदाधिकारी हुन् । यसपटकको निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

प्राप्त मतपरिणाम अनुसार धितालले ५१२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्