गोकर्णेश्वर–२ मा नेकपा एमालेका उम्मेद्वार मधु तामाङको प्यानलै विजयी



काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले वडाध्यक्षका उम्मेद्वार मधु तामाङको प्यानलै विजयी भएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा मधु तामाङ, सदस्यहरुमा कृष्णहरि श्रेष्ठ, सुनिलकुमार गिरी, माया तामाङ र सरस्वती सुनार बिजयी भएका हुन् ।

गत स्थानीय तह निर्वाचनमा राप्रपाका कृष्ण बहादुर पण्डित क्षेत्री गोकर्णेश्वर २ को अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्