रसुवाकाे नौकुण्ड–२ मा एमालेको प्यानलै विजयी, प्रमुख, उपप्रमुखमा पनि एमालेकै बर्चस्व



रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–२ मा नेकपा एमालेका उम्मेद्वार ङाफु याल्बो थोक्राको प्यानलै विजयी भएको छ । उनले निकटतम् प्रतिद्वन्दीलाई १३१ मतान्तरले पराजित गरेका हुन् ।

गत शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेका उम्मेद्वार ङाफु याल्बो थोक्रा ४ सय ६५ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याएर पराजित भएका हुन् ।

गत २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडाध्यक्षमा विजयी हासिल गरेको थियो ।

नौकुण्ठ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेकपा एमाले कै हावी देखिन्छ । नौकुण्ठ २ मा नेकपा एमाले प्रमुखका उम्मेद्वार सिर्जना लामाले ४४०, उपप्रमुख चन्द्र तमाङले ४४६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नुर्बसाङबो घलेले ३७१ र जनता समाजवादीका उपप्रमुख उम्मेद्वार भुमे लामाले १०४ मत प्राप्त गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्