बूढानीलकण्ठ-२ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठ विजयी : सदस्यमा नेपाली कांग्रेस (मतपरिणामसहित)



बूढानीलकण्ठ नगरपालिकाको वडा नं २ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र श्रेष्ठ विजयी बनेका छन् । उनले प्रतिद्वन्दी काँग्रेसको उम्मेद्वारलाई ७७ मतले पराजित गरेका हुन् ।

एमालेका उम्मेद्वार राजेन्द्र श्रेष्ठले ११६० मत प्राप्त गरेका हुन् भने कांग्रेसका उम्मेद्वारले १०८३ मत ल्याएका हुन् ।

यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसका राजकाजी श्रेष्ठ, राम बिनोद लामिछाने र महिला सदस्यमा पार्वती श्रेष्ठ र दलित महिला सदस्यमा सीता सुनारले विजय प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्