
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार द्वारिका श्रेष्ठको प्यानल नै विजयी भएको छ । अध्यक्ष श्रेष्ठसँगै वडा सदस्यहरुमा सदस्यहरुमा केशब प्रसाद सिंखडा, श्रीकृष्ण तामाङ, अन्जली तामाङ र सिता दर्जी बिजयी भएका हुन् ।
यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो ।





