डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो



सुर्खेत । नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने ।

यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापाले ७४९ मत प्राप्त गरेर उपविजेता बनिन् ।

प्रतिक्रिया दिनुहोस्