बूढानीलकण्ठ १ मा एमालेका सुरेन्द्र लामाको प्यानल नै विजयी (मतपरिणामसहित)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेद्वार सुरेन्द्र लामा सहितको प्यानल स्थानीय निर्वाचन २०७९ मा  निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनमा समेत वडाध्यक्ष बनेका लामाले आफ्नो वडाको विकासमा पुर्याएको योगदानको आधारमा विगतको निर्वाचनमा भन्दा यसपटक मतान्तर फराकिलो बनाएका हुन् ।

उनले ८४५ मत ल्याएर विजेता बने भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्