माधव नेपाल मतदानस्थल पुग्दा ‘चोर आयो चोर भन्दै’ गुञ्जियो रौतहट (भिडियोसहित)



काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी मतदानस्थल पुग्दा त्यहाँका मतदाताले चोर आयो चोर, माधव नेपाल चोर हो भन्ने जस्ता नारा लगाएका थिए ।

मतदानपछि नेपालले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्काे लाग्ने गरेको बताए । उनले भने, ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन, अव यो पाराले चल्ने वाला छैन ।

प्रतिक्रिया दिनुहोस्