२ बजेसम्म ४१ प्रतिशत मतदान



काठमाडाैँ । स्थानीय तहको निर्वाचन अन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ वजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिगग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

केही छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्