सही जनप्रतिनिधि छानेमा देशको मुहार फेरिनेछ : रेखा थापा



काठमाडौंको चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री रेखा थापाले सही जनप्रतिनिधि छानेमा र उनीहरुले सही काम गर्ने हो भने देशको मुहार फेरिने बताईन् । यसपटकको चुनावमा नागरिकले आफ्नो विवेकलाई सही ढंगले प्रयोग गर्नेमा समेत उनी विश्वस्त रहेको बताइन् ।

अभिनेत्री थापाले भनिन, ‘चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नुपर्छ । यसपटक जनप्रतिनिधि छान्ने कार्यमा हरेकले बुझेर मतदान गर्नुहुन्छ भन्ने लागेको छ । सही जनप्रतिनिधि छानेमा उनीहरुले देशको मुहार फेर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्