सिन्धुलीको कमलामाईमा १०६ वर्षीया वृद्धाले गरिन् पहिलो मतदान (फोटो फिचर)



सिन्धुली । स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवारनीले गरेका छन् ।

उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गरेका थिए । उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन् ।

सुनुवारनी सम्भवत् सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको निर्वाचनमा निर्वाचन पर्यवेक्षक समेत रहेका स्थानीय मतदाता लीलानाथ घिमिरेले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्