मतदातालाई प्रभावित पारेको अडियो टेपसहित प्रमुख प्रशासकीय अधिकृतलाई कारवाहीको माग



कालिञ्चोक गाउँपालिका दोलखाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले मतदातालाई प्रलोभनमा पारेर मत किन्ने प्रयास गरेकोले कारवाहीको माग गरिएको छ।

नेकपा एमालेले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी सहित कार्वाहीको माग गरेको छ। कालिञ्चोक–९ का सीमान्तकृत थामी समुदायका मतदातालाई प्रलोभनमा पारी गठबन्धनमा मत मागेको आरोप वडा कमिटीले लगाएर कार्वाहीको माग गरेको हो। ओलीले मतदातासँँग आफू माओवादी भएको र अहिले अवस्था फरक भएर गठबन्धन कांग्रेससँग भएको भन्दै फोन मार्फत मतदातालाई प्रलोभनमा पारेका छन् ।

ओलीले भोट मागेको अडियो सहित निर्वाचन अधिकृतको कार्यालयमा कारवाहीको माग गरिएको हो । उक्त अडियोमा ओलीले म भेट्न आउँछु सबै कुरा बुझाउँला । अन्यलाई पनि भनी राख्नु भनेको प्रष्ट भनेको सुनिन्छ ।

नवराज ओली कालिञ्चोक गाउँपालिकाका सहायक निर्वाचन अधिकृतको जिम्मेवारीमा समेत रहेका छन् । निर्वाचन कार्यालयले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्