सिन्धुलीको भिमानमा पराजित मानसिकताले कुटपिटमा उत्रियोे गठबन्धन



सिन्धुली । निर्वाचनको मौन अवधिमा सिन्धुलीको केहि स्थानमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन कुटपिटमा उत्रिएको छ । आफू पराजित हुने भएपछि कांग्रेस माओवादी मोर्चा बनाएर कुटपिटमा उत्रिएको एमालेको आरोप छ । सिन्धुलीमा सत्ता दुरुपयोगको अभ्यास गरिरहेको गठबन्धन आफू कमजोर भएको स्थानमा एमाले सँग कुटपिटमा उत्रिने र आफू नै पहिला प्रहरीमा उजुरी दर्ता गरि एमाले नेता कार्यकर्ता पक्राउ गराउदै कमजोर बनाएर चुनाव जित्ने दाउमा लागेको देखिएको छ ।

केहि दिन अगाडि दुधौलीमा पहिला एमाले माथि आक्रमण गरेर प्रतिकार गर्दा उल्टै एमालेहरुलाई प्रहरी प्रशासनको आडमा फसाउन सफल भएपछि अहिले निर्वाचनमा आफू कमजोर भएको स्थानमा झडपको नाटक गर्ने र घटनामा संलग्न नै नभएका एमाले कायकर्ता विरुद्ध किटानी जाहेरी दिएर थुनाउने कार्यमा गठबन्धन अग्रसर भएको छ । केहि दिन अगाडि गोलन्जोर गाउँपालिकाको खनियाखर्कमा पनि त्यस्तै प्रयास गरेको गठबन्धनले बुधाबार राती कमलामाई ९ सुविधानगरमा एमालेका ४ जना समर्थकलाई कुटपिट गरेका छन् ।

गठबन्धनका अमित गुरुङ, सागर तामाङ, गौरब तामाङ, विनोद थापा लगायतको जथ्थाले एमालेका मनोज कार्की, जहानसिंह कार्की, नवराज देवकोटालाई,  कुटपिट गरेको छ भने काठमाण्डौबाट भोट हाल्न आएका सुदिप पौडेल र अर्जुन खड्कालाई पनि घाइते बनाएको छ । घाइतेहरुको जनसेवा अस्पताल बर्दिबासमा उपचार भईरहेको छ । उनिहरु सबै एमाले समर्थक भएको बताईएको छ । गठबन्धनले आफू कमजोर भएपछि क.न.पा ८ मा एकिकृत समाजबादीका वडा सदस्यका उम्मेदबार विजय पाख्रिनलाई समेत कुटपिट गरेका छन् । उनिहरुले बुथ कब्जा गर्ने धम्की सहित कर्ण बहादुर गोलेको नेतृत्वमा गएको समुहले पाख्रिनलाई कुटपिट गरेको हो । आफू कमजोर भएका स्थानमा कुटपिटमा उत्रने, सत्ता प्रयोग गरेर बलियोलाई थुनाउने र मनोबल गिराउने रणनिति गठबन्धनले लिएको छ । यसमा सिन्धुलीका प्रहरी प्रमुख र सिडिओले साथ दिने गरेका छन् ।

गठबन्धनले फिक्कल गाउँपालिका ३ चनौटेमा पनि एमाले कार्यकर्ता धनबहादुर सार्की र सविन सार्कीलाई घरमा सुतेको अवस्थामा कुटपिट गरेका छन् । गठबन्धनका तुलसि श्रेष्ठ, ज्ञानबहादुर सार्की, मदन सार्की भक्त बहादुर सिंजाली, प्रकाश सार्की, प्रदिप सार्की, लिले सार्की, भोजबहादुर सार्की लगायतको समूको कुटाईबाट घाईते भएका हुन । घाइतेहरुको खुर्कोटमा उपचार भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्