युवाका आशा र चुनिखेलका भरोषा : दानवीर टिकेश नारायण श्रेष्ठ



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का साँस्कृतिक अभियन्ता टिकेश नारायण श्रेष्ठको जन्म २०४१ भदौ २२ गते बुवा शेष नारायण श्रेष्ठ र आमा च्यान्ता नारायण श्रेष्ठको पहिलो सन्तानको साँस्कृतिक गाउँ चुनिखेलमा भएको हो ।

२०५२ देखि चनिखेलस्थित सरस्वती बाल क्लबको अध्यक्ष सम्हालेका श्रेष्ठले आफ्नो कार्यकालमा ऋखेश्वर मन्दिर जाने बाटो स्वयम्सेवी रुपमा निर्माण सम्पन्न गरेका थिए । सानैदेखि खेलकुद र संस्कृतिप्रेमी उनले बाल क्लबमा हुँदै विभिन्न जनचेतनामूलक कार्यक्रम र खेलकुद कार्यक्रम आयोजना गरेका थिए ।

कोभिड १९ को महामारीमा चुनिखेलवासीका सहारा बनेका टिकेशले आफ्नो निजी सवारीसाधनबाट निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरे भने दुई महिना जति मास्क र स्यानिटाइजर वितरण गरेका थिए ।

कोभिड महामारीको बिच व्यक्तिगत पहलमै श्रेष्ठले तीनसय घरधुरीलाई राहत वितरण गरे भने अपाङ्ग र टुहुराको हेरचाह गर्ने संस्थालाई समेत राहत वितरण गरी अप्ठ्यारोमा हातमुख जोर्ने वातावरण बनाए । भूकम्पले भत्किएका २७ घरहरू निर्माण गरेका टिकेशले सोहि समयमा धेरैका घरहरू बनाउन समेत सहयोग गरेका थिए ।

शिक्षा क्षेत्र मार्फत समाजको आमूल परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यले चुनिखेलकै पहिलो र सर्वसुलभ पिक प्वाइन्ट एकेडेमीको संस्थापक अध्यक्ष बन्दै स्थानीय बालबालिकालाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् ।

चुनिखेलमा एक घर : एक विरुवा रोप्ने अभियानको थालनीकर्ता श्रेष्ठ दर्जन बढी सामाजिक संघसंस्थामा आवद्ध भई समाज रुपान्तरणमा निस्वार्थ भूमिका निर्वाह गरिरहेका छन् ।

सामाजिक जीवनमा टिकेशमा जिम्मेवारीहरुमध्ये ऐतिहासिक ऋखेश्वर मन्दिरको विशेष सल्लाकार, करुणामाई टोल सुधार समितिको संस्थापक अध्यक्ष, चुनिखेल नेवा पुचःका कानुनी सल्लाहकार, चुनिखेल स्वास्थ्य केन्द्रको उपाध्यक्ष, चुनिखेल बासुरी खलःका संयोजक, चुनिखेल भजन खलःका अध्यक्ष, चुनिखेल साँस्कृतिक संरक्षण समितिको सल्लाहकार, चुनिखेल विपत् व्यवस्थापन समितिको उपसंयोजक, महिमा क्लबका कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरिसकेका छन् ।

नेपाली समाजमा हराउँदै गरेको दान दिने परम्परालाई पुनः स्थापित गर्न लागि परेका टिकेश नारायणले व्यक्तिगत सहयोग र पहलमा चुनिखेलका विभिन्न साँस्कृतिक धरोहरहरुको पुनः निर्माण गरिरहेका छन् ।

करिव एक दशकदेखि सामाजिक सेवामा व्यक्तिगत दान गर्न थालेका टिकेश नारायणले टुसाल पोखरी निर्माणमा चार लाख, चुनिखेल मन्दिर निर्माणमा दुई लाख, गाम्चा गणेश मन्दिर निर्माणमा दुई लाख, करुणामाई नेवाद्वार निर्माणमा एक लाख, ऐतिहासिक ढुङ्गेधारा निर्माणमा पचपन्न हजार र ऐतिहासिक गणेश मन्दिर निर्माणमा पचास हजार सहयोग गरिसकेका छन् ।

राजनीतिलाई समाजसेवाको अवसर देख्ने टिकेश नारायण श्रेष्ठ आसन्न २०७९ वैशाख ३० को निर्वाचनमा वडाध्यक्षको प्रत्यासीको रुपमा खडा भएका छन् । स्थानीय जनतासँग प्रत्यक्ष जोडिने टिकेश नारायण जस्ता दानवीर र समाजसेवीहरुले नेतृत्व गर्न पाए भने स्थानीय क्षेत्रको विकास र रुपान्तरणमा प्रेरणा पुञ्ज बन्न सक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

बूनपा १३ मा ग्राभेल चोरलाई टिकट दिएको भन्दै स्थानीय आक्रोशित (भिडियोसहित)

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

‘म नेकपा एमालेको नगर प्रतिवद्धता पत्र अक्षरस कार्यान्वयन गर्छु’ : मिठाराम अधिकारी (पूर्णपाठसहित)

ज्येष्ठ नागरिकको आशिर्वाद लिदै टोलटोलमा नेकपा एमालेका उम्मेद्वारहरु

एमालेले यसकारण बूढानीलकण्ठ नगरप्रमुखमा मिठाराम अधिकारीलाई रोज्यो

नेकपा एमाले बूढानीलकण्ठको शिक्षामैत्री प्रतिबद्धता पत्र

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

प्रतिक्रिया दिनुहोस्