बहुप्रतिभाका धनी लोकप्रिय व्यक्ति मिठाराम अधिकारी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका क्षेत्रका चर्चित समाजसेवी मिठाराम अधिकारी सरल जीवनशैली, न्याय निरुपणमा सक्रिय रहेरै आफ्नो जीवनको आधा शताब्दी पार गरिसकेका छन् ।

स्पष्ट विचार, सादा जीवन र जनतासँगको सामिप्यताको कारण बूढानीलण्ठ क्षेत्रमा परिचित बनेका मिठाराम अधिकारी समाजसेवालाई आफ्नो जीवनको लक्ष्य ठान्दछन् । स्थानीय जनताको समस्यालाई आफ्नो ठान्ने उनको बानीले उनी धेरै स्थानीयको मनमनमा बसेको सुनिन्छ । अधिकारी कपन गाउँ विकास समितिको अध्यक्ष भएपछि यस क्षेत्रको विकास निर्माण र शहरीकरणको लागि पुर्याएको योगदान नै उनको वर्तमान परिचय बनेको देखिन्छ ।

कपन क्षेत्रका साहित्यकारहरुको संस्था कपन साहित्य समाजको संस्थापक अध्यक्ष हुँदै साहित्य र सिर्जनालाई मलजल गरेका अधिकारीले यस क्षेत्रमा नेपाली साहित्य र समाजको विकासमा समेत अतुलनीय योगदान पुर्याएको साहित्यानुरागी गणेशकुमार मिश्रले बताएका छन् ।

गाविस अध्यक्ष हुँदा अधिकारीले बालउद्धार माध्यमिक विद्यालयलाई जग्गाको व्यवस्था, बालकुमारी प्राविको भवन निर्माणमा सहयोग, चार्टर स्कूलको स्थापना, बालउद्धार मावि, ग्रामशिक्षा मावि, यज्ञमति माविमा शिक्षक, कर्मचारीको व्यवस्था गरी विद्यालयको संचालनमा सहयोग पुर्याएका थिए ।

कपन बहुमुखी क्याम्पसको भवन निर्माण समितिको संयोजक बनेका अधिकारीले कपन क्याम्पसलाई आजको अवस्थामा ल्याउन सबैभन्दा बढी योगदान पुर्याएको क्याम्पस प्रमुख भूमिदत्त पौडेलले बताए ।

खेलकुद क्षेत्रमा अधिकारीले पुर्याएको योगदानलाई हेर्न कपन स्थित ह्याण्डबल ग्राउण्डको निर्माणाधीन संरचनाबाट बुझ्न सकिन्छ । गाउँले सभ्यताबाट शहरी सभ्यतामा रुपान्तरण गर्नुपर्ने समाजको विकासलाई नेतृत्व गर्न सक्ने क्षमता भएका अधिकारीको शहरी विकासमा पुर्याउने योगदानलाई बुझ्न भने केहि वर्ष कुर्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

‘म नेकपा एमालेको नगर प्रतिवद्धता पत्र अक्षरस कार्यान्वयन गर्छु’ : मिठाराम अधिकारी (पूर्णपाठसहित)

ज्येष्ठ नागरिकको आशिर्वाद लिदै टोलटोलमा नेकपा एमालेका उम्मेद्वारहरु

एमालेले यसकारण बूढानीलकण्ठ नगरप्रमुखमा मिठाराम अधिकारीलाई रोज्यो

नेकपा एमाले बूढानीलकण्ठको शिक्षामैत्री प्रतिबद्धता पत्र

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

प्रतिक्रिया दिनुहोस्