मानव अधिकार उल्लङ्घन भएपछि मानवअधिकार एलाइन्सका अध्यक्ष दुर्गाराज पौडेल अनसनमा



काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ र २ का एमाले कार्यकर्तालाई झुट्टा मुद्दा लगाई फरार रहेको अवस्थामा प्रहरी कार्यालयमा उपस्थित गराई मेलमिलाप गरी छाड्ने सहमतिमा हाजिर गर्न गएकाहरुलाई थुनामा राखेपछि मानवअधिकार एलाइन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल अनसनमा बसेका छन् ।

मानव अधिकार एलाइन्स सिन्धुली जिल्ला शाखा उपाध्यक्ष नवराज पहाडीद्वारा जारी विज्ञप्ती अनुसार प्रहरीले मानव अधिकारकर्मी तथा सामाजिक अभियन्तालाई घटना सहजीकरण गरिदिने नाममा पक्राउ पूर्जी जारी गरी नियोजित ढङ्गबाट फसाउने षड्यन्त्र भएको एलाइन्स सिन्धुलीले ठहर गरेको छ ।

सिन्धुलीका प्रहरी उपरीक्षक विमल राज कँडेलले निर्वाचनलाई असर पार्ने भन्दै अधिकारकर्मी पौडेललाई समन्वय गरिदिन आग्रह गरेको र छलफलमा बोलाईएका व्यक्तिलाई थुनामा राखी अदालतबाट म्याद थप गरेकोले पनि प्रहरी राजनीतिक पूर्वाग्रही देखिएको विज्ञप्तीमा भनिएको छ ।

प्रहरी प्रशासनले मध्यस्तकर्तासँग भएको सहमति अनुसार घटनमा संलग्न रहेको भनिएका व्यक्तिको सहज रिहाइको वातावरण बनाउने मानव अधिकार एलाइन्सले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् :

राज्य आतंकको चरम नमूना बन्दै सिन्धुलीको दुधौली २ : एमाले अध्यक्ष उम्मेद्वार समेत घरदैलोबाट बञ्चित

झुठ्ठा मुद्दामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आमरण अनशनमा दुर्गाराज पौडेल

प्रतिक्रिया दिनुहोस्