एलईडी बोर्डमार्फत उपभोक्तालाई पेट्रोलियम पदार्थको जानकारी दिन थाले



नेपाल आयल निगमले डिजिटल बोर्ड (एलईडी)मार्फत पेट्रोलियम जानकारी दिन सुरू गरेको छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको दैनिक मूल्यसूची लगायतको जानकारी दिन थालेको हो । निगमको केन्द्रीय कार्यालय टेकूमा राखिएको एलईडी बोर्डमार्फत उपभोक्तालाई पेट्रोलियम पदार्थबारे जानकारी दिन थालिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले एलईडी बोर्डमार्फत डिजेल र पेट्रोलको मूल्यसूची बारे जानकारी दिन सुरू गरिएको बताए ।
यससँगै बोर्डमार्फत निगमलाई १५ दिनमा पेट्रोलियम व्यापारमार्फत आएको नाफा घाटा, पेट्रोलियम पदार्थको लागत मूल्य लगायतको सूचना समेत दिइने छ । हालसम्म निगमले पेट्रोलियम पदार्थको मूल्यसूचीको जानकारी यसरी दिने गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्