एमालेमय बन्दै दुधौली १ : प्रतिवद्धतापत्र अक्षरस पालना गरिने



सिन्धुली । नेकपा एमाले दुधौली नगरपालिका वडा नं. १ निर्वाचन परिचालन कमिटीद्वारा जारी स्थानीय तह निर्वाचन २०७९ प्रतिवद्धता पत्र अक्षरस पालना गरिने वडाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद पहाडीले बताएका छन् ।

परिवर्तन खबरसँगको संक्षिप्त कुराकानीमा एमालेबाट उम्मेद्वार बनेका चन्द्रप्रसाद पहाडीले प्रतिवद्धता पत्रमा व्यक्त गरेका पाँच मुख्य कार्यहरु माझी गुठी सभाहल तथा पुस्तकालय निर्माण, वैष्णव धर्मावलम्वीहरुको लागि वैष्णव मन्दिर निर्माण, नवज्योति मावि गिचिहानीमा ३ तले १६ कोठे पक्की भवन, नगरस्तरीय खेल मैदान र विचित्रा दोभानमा व्यवस्थित घाट निर्माण गर्ने बताएका छन् ।

यसैगरी कृषकहरुको सुविधाको लागि एकल तथा सामूहिक चक्लाबन्दी, दलित जनजाति बालबालिकाहरुलाई निःशुल्क विद्यालय पोषाक तथा स्टेशनरी, मल, विउ खाद्य तोकिएको समयमा विशेष छुटमा उपलब्ध गराईने समेत बताए ।

भूमिगत कालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका चन्द्रप्रसाद पहाडी बहुदलीय व्यवस्थापछि निरन्तर वडावासीको सेवामा अहोरात्र खटिरहेका छन् भने विपक्षी दल नेपाली काँग्रेसका उम्मेद्वार जयबहादुर पौडेल विगत २० वर्षदेखि काठमाडौंमा खसी व्यवसाय गरी बसिरहेका थिए ।

२० बर्षे अवधिमा गाउँको विकासको लागि सिन्को नभाचेका पौडेलले काँग्रेस नेताहरुलाई आर्थिक प्रभावमा पारी टिकट लिएपछि काँग्रेस वृतमा समेत उनको आगमनलाई अप्रत्यासित मानिएको छ । जसले गर्दा दुधौली १ मा नेकपा एमालेको जित सुनिश्चित जस्तै देखिन्छ ।

यो पनि पढ्नुहोस्

एमालेले जिते : दुधौली १ को माझीगाउँमा सभा हल र पुस्तकालय निर्माण गरिने

‘म सधैं जनताको साथमै रहनेछु’ : वडाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद पहाडी (पूर्णपाठसहित)

नेकपा एमालेबाट दुधौली १ मा चन्द्रप्रसाद पहाडी सर्वसम्मत

राज्य आतंकको चरम नमूना बन्दै सिन्धुलीको दुधौली २ : एमाले अध्यक्ष उम्मेद्वार समेत घरदैलोबाट बञ्चित

गठबन्धनद्वारा सत्ताको दुरूपयोग, एमाले कार्यकर्तामाथी झुठ्ठा मुद्दा लगाईयो (विज्ञप्तीसहित)

प्रतिक्रिया दिनुहोस्