का.म.पा ७ मा कृष्णमणी भट्टराई टिमको अग्रता



काठमाडौं । आगामी ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालिका अन्तर्गत वडा नम्बर सातमा  सूर्य ध्वजावहाक उमेद्वार कृष्णमणी भट्टराईको टिमको अग्रता कायम रहेको छ । आफ्नो पेशा व्यवसायभन्दा जनताको काम गर्न रुचाउने कृष्णमणीको टिमले अग्रता कायम राख्न सफल भएको हो ।  

 गठबन्धनका अन्य दलहरु पनि मैदानमा रहेतापनि मैदानमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एस, र राप्रपाभन्दा नेकपा एमाले र सो पार्टीकातर्फबाट उमेद्वार बनेका भट्टराईको जनताको सेवामा समर्पित भएकै कारण उनी वास्तवमै कृष्णको पनि ‘मणी’ भएका छन् । गत निर्वाचनमा वडा सदस्यमा लोकप्रिय मतकासाथ निर्वाचित भएर जनताको सेवामा दिनरात नभनी समर्पित भएर लाग्ने मौका पाएका कारण उनको विजय यात्रा लगभग निश्चितप्राय भएको चावहिल सातमा रहेका अधिकांश मतदाता तथा बुद्धिजीवीको विश्लेषण छ ।

कामपा सातमा अध्यक्षका उमेद्वार कृष्णमणी भट्टराईको विजय निश्चित हो त भन्ने जिज्ञासामा निर्वाचन परिचालन कमिटीका सह–संयोजक उत्तम अधिकारीले भने– यस वडामा निर्वाचनको गतिविधि तीव्ररुपमा भैरहेको र यस वडाका मतदाताको अपार माया, सद्भाव र वडा अध्यक्षका उम्मेद्वार भट्टराईले वडा सदस्यको रुपमा जनतालाई पुर्याउनुभएको सेवा वापतको सुखद प्रतिक्रिया प्राप्त भएकोले सूर्य ध्वजावहाक कृष्णमणी भट्टराईको टिम नै विजयी हुने कुरामा म ढुक्क छु ।  

यसैपनि स्थानिय तहको निर्वाचनमा समस्या पर्दा सजिलै आफ्नो घरदैलोमा उपस्थिति जनाउने जनप्रतिनिधिको खोजिमा स्थानियवासीको चासो रहने गरेको छ । यस मामलामा कामपा ७ नं. वडामा भट्टराईको जस्तो अनुभवले खारिएका र दिपेन्द्र पुडासैनी जस्ता जुझारु युवाहरु अन्य टिममा नसमेटिएको हुँदा वडा अध्यक्षकाहउम्मेद्वार  भट्टराई बिपक्षी भन्दा दह्रिलो बनेका छन् । एमालेको स्थानिय राजनितिमा लामो अनुभव बटुलेकि सरस्वती कार्की, दलित मुक्ति आन्दोलनमा सह्रानिय योगदान पुर्याएकी चना कुमारी दर्जी र बिसौं वर्षदेखि चावहिलमा सामाजिक क्षेत्रमा अत्यन्तै कृयाशिल चिरपरिचित अनिता शाक्य सम्मिलित  कृष्णमणी भट्टराईको टिमलाई जनताको बिश्वास प्राप्त भइसकेको र अब मत प्राप्तिको समयको मात्रै पर्खाइ रहेको निर्वाचन परिचालन कमिटीका सह–संयोजक अधिकारी बताउछन् । 

प्रतिक्रिया दिनुहोस्