एमालेले जिते : दुधौली १ को माझीगाउँमा सभा हल र पुस्तकालय निर्माण गरिने



सिन्धुली । नेकपा एमाले दुधौली नगरपालिका वडा नं. १ निर्वाचन परिचालन कमिटीद्वारा जारी स्थानीय तह निर्वाचन २०७९ प्रतिवद्धता पत्रमा नेकपा एमालेबाट दुधौली १ सिन्धुलीको उम्मेद्वारहरु विजयी भएमा माझीगाउँ बरमबोट नजिकको करिव चार कठ्ठा जग्गामा सभाहल र पुस्तकालय निर्माण गरिने भएको  छ ।

माझी समुदायको बाहुल्यता रहेको दुधौली १ माझीगाउँ निर्माण हुने भवनको भूई तल्लामा हजारौं मानिसहरु अट्ने सभाहल, पहिलो तल्लामा अत्याधुनिक पुस्तकालय निर्माण गरिने नेकपा एमाले दुधौली नगरपालिका वडा नं. १ द्वारा जारी प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सभाहल निर्माणको लागि नगरपालिकाको बजेटमा डिपिआर निर्माण गरिने र प्रदेश तथा संघको बजेट सुनिश्चित गरी सभाहल निर्माणलाई दुई वर्षभित्र अन्तिम रुप दिइने भएको छ ।

माझी गुठी अन्तर्गत रहेको उक्त जग्गामा बजेट विनियोजनको जिम्मा एमाले वडाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद पहाडी र एमाले नेता ध्रुवप्रसाद घिमिरेले लिएका छन् ।

नेकपा एमाले दुधौली नगरपालिका वडा नं. १ द्वारा जारी प्रतिवद्धता पत्र

प्रतिक्रिया दिनुहोस्