सरल, शालिन र अनुभवी शान्ताको बूढानीलकण्ठ १२ को खुल्ला सदस्यमा उम्मेद्वारी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ को खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएर घर दैलोमा सक्रिय रहेकी शान्ता ढकाल (पुडासैनी) ले पहिलो कार्यकालको ५ वर्ष बूढानीलकण्ठ नगरपालिकाका विभिन्न समितिमा रहेर सफलतापुर्वक आफ्नो जिम्मेवारी बहन गरेकी थिइन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को महिला सदस्यमा लोकप्रिय मत सहित विजयी बनेकी ढकालले बूढानीलकण्ठ नगरपालिका सामाजिक विकास समितिको संयोजकका रुपमा शिक्षा, स्वास्थ्य, बालबालबालिका र जेष्ठ नागरिकहरुका लागि महत्वपूर्ण नीति निर्माण र कार्यक्रमहरुलाई लागू गर्न भूमिका निर्वाह गरेकी थिइन् ।

बूढानीलकण्ठ नगरपालिकाका एकल महिलाहरुका लागि अक्षय कोष स्थापना, १ सय वर्ष माथिका जेष्ठ नागरिकहरुको अभिनन्दन, बालबालिकाहरुको प्रोत्साहन कार्यक्रम सहित दर्जनौं अभियानहरुको नेतृत्व गरेकी उनले बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा कार्यबाहक अध्यक्षका रुपमा पनि जिम्मेवारी सम्हालेकी थिइन् ।

बूढानीलकण्ठ नगर शिक्षा समिती सदस्य समेत रहेकी स्नातकोत्तर (एम एड) अध्ययनरत ढकालले कोरोना प्रकोपपछी बूढानीलकण्ठ नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै सफलतापूर्वक सम्पन्न गर्न पनि नेतृत्व प्रदान गरेकी थिइन् ।

करिव १६ वर्ष शिक्षण पेसामा सक्रिय रहेर २०७४ सालको निर्वाचनमा वडा नं १२ बाट सदस्यमा विजयी बनेकी ढकालले नगर कार्यपालिका सदस्य तथा राजस्व निर्धारण समितिमा रहेर नीति निर्माण र कार्यसम्पादनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

मावी तहको शिक्षण लाइसेन्स प्राप्त ढकालले बूढानीलकण्ठ नगरपालिकाका विद्यालयहरुको वृत्ति विकास र सबलीकरणमा प्रभावकारी भूमिका खेल्नुका साथै कोरोना प्रकोपको समयमा संस्थागत विद्यालयहरुले भोगेको समस्या समाधान गर्दै विशेष राहत योजना कार्यान्वयनमा पनि सहजीकरण गरेकी थिइन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का करिव ३० वटा महिला संजालहरुलाई समन्वय गर्दै क्षमता विकास र सशक्तिकरणका विभिन्न कार्यक्रमहरु समानरुपमा कार्यन्वयन गर्न सफल रहेकी ढकाल वडावासी माझ मिलनसार र सहज जनप्रतिनिधिका रुपमा परिचित छन् ।

दोश्रो पटक अन्तिमका दुई सूर्य  चुनाव चिन्ह लिएर निर्वाचनको मैदानमा उत्रिएकी खुल्ला सदस्य पदकी उम्मेदवार शान्ता ढकाल पुडासैनीले विगत ५ वर्ष जनप्रतिनिधिका रुपमा संगालेको अनुभवले आगामी दिनमा थप प्रभावकारी रुपमा काम गर्ने उर्जा मिलेको भन्दै वडाको भौतिक पूर्वाधार विकास, सामाजिक अभियान, महिला सशक्तिकरण, शिक्षा तथा साहित्य सेवा सहित दुई विशेष कार्यक्रमहरुलाई लागू गर्ने प्रतिवद्धत्ता ब्यक्त गरेकी छन् ।

१. ब्रान्डिङ्ग बूढानीलकण्ठ (Branding Budhanilkantha)

यस योजना अन्तर्गत नगरपालिका भित्र बूढानीलकण्ठ नाम राखेर संचालन हुने जुनसुकै व्यवसाय, शैक्षिक संस्था, अभियान र संघसंस्थाहरुका लागि विशेष सुविधा प्रदान गरिनेछ । त्यस्ता व्यवसाय, संघ संस्था र शैक्षिक संस्थाहरुको प्रवर्द्धनका लागि कर छुट, सम्मान र प्रोेत्साहनका विविध नीति तथा योजनाहरुलाई कार्यान्वयनमा लगिनेछ ।

पाँच वर्ष भित्र करिव १० हजार बूढानीलकण्ठका नाम गरेका यस्ता धरोहरहरुको विकास गरेर बृहत बूढानीलकण्ठ सम्मेलनको आयोजना गरिनेछ ।

२. वडा नं १२ मा विशेष सेवा 

अहिले धेरै नगरवासीले सेवा लिने क्रममा अपह्नो जागिर विदा लिनुपर्ने, व्यवसाय बन्द गरेर आउनु पर्ने, स्कुल कलेज छोडेर धाउनु पर्ने समस्या भोगिरहनु भएको छ ।

त्यो समस्या समाधानका लागि हाम्रो वडामा महिनाको एक दिन प्रातकालीन –बिहान) विशेष सेवा प्रदान गरिनेछ । यो सेवा प्रदान गरिने दिन वडा कार्यालयले बिहानदेखि नै सेवा दिनेछ भने नगरप्रमुख, उपप्रमुख सहित जनप्रतिनिधिहरुले जनतासँग अन्तरक्रिया पनि गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्